१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नख्खु जेलमा बन्दीहरूको नाराबाजी र प्रदर्शन



२५ साउन ०७९, ललितपुर ।  ललितपुर नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् ।

नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेका हुन् । कारागार प्रशासनका एक कर्मचारीका अनुसार बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ०४ बजे