८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा थपिए ७ हजार २ सय मतदाता




ललितपुर खबर
२६ साउन ०७९, ललितपुर । ललितपुरमा आउदो मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि ७ हजार २ सय २५ जना मतदाता थपिएका छन् ।
निर्वाचन कार्यालय ललितपुरका अनुसार जिल्लामा थपिएका नयाँ मतदातामध्ये पुरुषभन्दा ५३ जना महिला धेरै छन् ।
निर्वाचन आयोगको जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमलाका अनुसार यस पल्ट ३ हजार ६ सय ३९ जना महिला र ३ हजार ५ सय ८६ जना पुरुषले यस पल्ट मतदानका लागि नाम टिपाएका छन् ।
गएको असार १ गतेबाट मतदाता नामावली संकलन सुरु भएको थियो । भने आयोगले साउन १९ गते मतदाता नामावली संकलन बन्द गरिएको थियो ।
यी मध्येत्रुटी सच्याउन ६८ जनाको निवेदन परेको छ । ९ सय ९३ जनाले मतदान स्थान सार्न प्रकृया सुरु गरेका छन् । निर्वाचन प्रमुख धमलाका अनुसार विभिन्न जिल्लामा मतदाता नामावली सरेर जाने र आउने प्रकृया सुरु भइरहेका कारण यो मतदाता नामावली नै अन्तिम भने होइन ।
ललितपुा १४ वटा मतदान स्थल सारिने भएको छ । ४९ वटा मतदान स्थलको नाम लगायत विभिन्न किसिमको त्रृटी सच्याइने भएको उनको भनाई छ ।
गत स्थानीय निर्वाचनसम्म ललितपुरमा २ लाख ४३ हजार ८ सय ८४ मतदाता थिए । ती मध्ये ६ हजार १६ जना महिला मतदाता धेरै थिए ।
गएको स्थानीय निर्वाचनमा निर्वाचन आयोगले देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको नामावली सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ७ : ४२ बजे