८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ग्वार्कोमा पनि यौनकर्मीको चहलपहल,अबैध यौनव्यावसाय फस्टाउदै



बुधबार साँझ दुई यौनकर्मी ग्वार्को सडकमा । लेन्स : ललितपुर खबर

ललितपुर खबर
२६ साउन ०७९,ललितपुर । ललितपुरको ग्वार्कोमा पनि यौनकर्मीहरु खुलमखुल्ला यौन प्यास मेटाइदिने भन्दै वाटुवा पुरुषसँग मोलतोल गरिरहेका अवस्थामा भेटिएका छन् ।
ग्वार्कोमा रहेको एक गेस्टहाउसमा जाउ भन्दै यौनकर्मीहरु बटुवालाई प्रलोभन देखाउने गरेका हुन् । आधा घण्टाको रु एक हजार चार्ज लाग्ने बताउदै उनीहरु बटुवासँग अवैध यौन व्यावसायको मोलतोल गर्ने गरेका छन् ।
यसरी बाटोमा बसेर मोलतोल गर्ने योनकर्मी तेश्रोलिंगी रहेको पाइएको छ । पछिल्लो समय राजधानीको रत्नपार्क क्षेत्रमा बसेर यौनकर्मीहरु अबैध यौन धन्दा गरिरहे पनि राजधानीका अन्य क्षेत्रमा खुलनखुल्ला यौन धन्दा विरलै देखिन्थ्यो । राजधानीको पुरानो वसपार्कस्थित गेष्ट हाउस र असन क्षेत्रमा यौनकर्मीहरु आपनसेक्रेट यौन धन्दा चलाउने गरेका छन् ।
बेला बेलामा प्रहरीले सडकमा बसेर यौन कर्मीहरुलाई लखेट्ने गरे पनि गेष्ट हाउसमा भने छापा मार्ने गरेको पाइदैन । ग्वार्को वालकुमारी क्षेत्रका होटल तथा रेष्टुरेण्टमा अवैध यौनधन्दा हुने गरेको बेला बेलामा गुनासो आउने गरे पनि प्रहरीले कारवाही नगर्दा विकृती मौलाइरहेको बताइन्छ ।
समय समयमा सडकबाटै यौनकर्मीहरुलाई उठाएर प्रहरी कार्यालयमा लैजाने गरे पनि तुरुन्तै छाड्ने गरेको पाइन्छ । केन्द्रिय प्रहरी प्रवक्ता टेकप्रसाद राईले देशभरका प्रहरी कार्यालयहरुलाई यौन व्यावसाय नियन्त्रणका लागि निर्देशन दिइएको बताए । उनले भने, ‘यस विषयलाई अपराधिक रुपमा हैन की आर्थिक सामाजिक दृष्टिकोणबाट हेरेर नियन्त्रण गरिनु पर्छ ।’ उनले गुनासो आएपछि आफूले सम्बिन्धित निकायलाई रोक्न निर्देशन दिने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : ४७ बजे