८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘ठेचो १२ बर्षे जात्रामा मानव बलीको हल्ला गलत’



२६ साउन ०७९, ठेचो । ललितपुरको ठेचोमा हुने १२ वर्षे जात्रामा मानव बलीको हल्ला गलत भएको गुठीका नाइकले भक्तलाल मालीले बताएका छन् । विहीबार ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्राका सन्र्दभमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन दुर्गा गुठीका नाइके भक्तलाल मालीले मानव बली हुने गरेको हल्ला गलत भएको बताए । उनले भने, ‘त्यस्तो भएको पनि छैन । सुनेको पनि छैन ।’


जात्राको क्रममा कोजामग्रत पूर्णिमाको भोलीपल्ट ठेचो दुरिखेलमा सुनाकोठी र ठेचोका बासिन्दालाई खुवाइने देश भोज नीजि जग्गामा खुवाइने र त्यस ठाँउमा पछिल्ला बर्षहरुमा घर, टहरा र पर्खाल बनेपछि अप्ठ्यारो परिरहेको विषयमा मालीले परम्परादेखि नै भोज खुवाउने गरेकाले त्यास ठाँउ नै रोज्नु परेको बताए । ‘सानैदेखि नै त्यस ठाँउमा भोज खुवाइएको हो । २०६७ सालमा पनि म नै अध्यक्ष थिए । त्यसबेला पनि विवाद नै आएको हो । तर भोज खायो भोलि पल्ट विर्सियो ।’ उनले भने,‘आफूहरु बसेर भोज खान तयार रहेको तर यो ठाँउमा बस्नु प¥यो भनेर आह्वान आउनु प¥यो नि ।’


गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकाले नवदुर्गा जात्रा मनाउन ५० लाख अनुदान दिएको विवाद निम्त्याउनु व्यर्थ रहेको बताए । उनले भने, हामीले गोदावरी बाह्र बर्षे स्नानलगायत अन्य जात्रा पर्वका लागि अक्षय कोषका लागि नगरपालिकाले पैसा दिएका उदाहरण दिदै मेयर महर्जनले आवश्यक परे अन्य जात्रा पर्वका लागि पनि दिन नगरपालिका तयार रहेको बताए ।
उनले आफ्नो वडाबासी भएको कारण ५० लाख दिएको धारणा बनाउनु गलत भएको बताउदै भने,‘ स्थानीय जात्रा पर्व जोगाउनु नगरपालिकाको दायित्व हो ।’
जात्राका क्रममा २० वटा विषेश पूजा नाच र भोज होम बलीजस्ता कार्यक्रम हुने जानकारी दिइएको थियो । जात्राका लागि मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा २७ सदस्यीय मुल समारोह समिती निर्माण गरिएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ६ : ०७ बजे