२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २९४ सहित नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण



२७ साउन ०७९,काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९४ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २१२, भक्तपुरमा १९ र ललितपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८४५ पुगेको छ । उपत्यकाबाहिर सबैभन्दा धेरै आज कास्कीमा ६८ जना संक्रमित देखिएका छन् । कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।