८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


राजनीतिबाट आएको तलव भत्ता दक्षिण ललितपुरको छात्रा पढाउन खर्च गरे : केशरबहादुर विष्ट




२९ साउन ०७९, ललितपुर । पुर्वशिक्षामन्त्री केशर बहादुर विष्टले राजनीतिबाट भएको आम्दानीबाट दक्षिण ललितपुरका छात्रा पढाउन खर्च गरेको बताएका छन् । एक टेलिभिजनसँग कुरा गर्दै विष्टले दक्षिण ललितपुरको गोटिखेलको महाँकाल माध्यामिक विद्यालयका २५ जना छात्रा र भट्टेडाँडाको महाँकालीदेवि माविमा पढ्ने १२ जना छात्रा पढाउन खर्च गरेको बताए ।
आफूले पाएको तलवको आधा पाटन अस्पताललाई र आधा विद्यार्थी पढाउन छाज्ञबृत्ति दिएको उनको भनाई थियो । उनले भने, ती विद्यार्थीहरु आफूसँग बेला बेलामा भेट्न आउने गरेका छन् । कतिले चिठी पठाछन् । दशैमा टिका लगाउन पनि गरेका छन् ।
आफूले दिएको पैसाबाट छात्राबृत्ती विद्यालयहरुले नै छान्ने गरेको उनले खुलासा गरेका छन् । आफ्नो योगदानको कदर गर्दै राज्यले जिउदो छँदै हुलाक टिकट समेत छापिएको उनको दावी छ । आफ्नो परिवार यस्तो धेरै रहेको उनले बताए ।
आफूले घर व्यावहार चलाउन खेतीपाती धेरै भएको आफूले देशकै ठूलो गाई फाम चलाएको उनले बताए । उनले व्यावसायिक गाई पालन गरेको, केशरको खेती गरेको र १ केजीको ४ लाख ५० हजार कमाएको उनले बताए । उनले आफूले खसी पालन, फुलको व्यापार गरेको सुगन्धित बनस्पतीबाट तेल निकालेर विश्व बजारमा विक्रि गर्ने गरेको विष्टले बताए ।
आफूले पाटन कलेजमा पढाउदा १ रुपैया दिएको उनको भनाई थियो ।
विष्ट अहिले राष्ट्रिय शक्ति नेपालका अध्यक्ष छन् । उनी ललितपुर गोदावरीमा जन्मेका थिए । भने दक्षिण ललितपुरकार्यक्षेत्र बनाएर लामोसमयसम्म पञ्चायत कालमा राजनीति गरेको थिए । उनी २०४८ साललगायत हरेक आम निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचनमा उठ्ने गरेका छन् । तर पछिल्लो समय उनी निरन्तर पराजय हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : १८ बजे