१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको सडकमा राखियो नयाँ डिभाइडर



आजबाट राखिएको नयाँ डिभाइडर ।

३० साउन ०७९, ललितपुर । दुर्घटना कम गराउने भन्दै ललितपुरको सडकमा नयाँ डिभाइर राखिएको छ ।
म्हानगरको करिव ४ लाख बजेटबाट कुपण्डोलदेखि पुल्चोकसम्म प्लाष्टिकको डिभाइडर राखिएको हो । महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले आजबाट डिभाइडर राख्न सुरु भएको बताए । उनले भने, हामी क्रमश पाटनका अन्य सडकमा यो डिभाइडर राख्छौं ।

पुरानो डिभाइडर ।

नयाँ डिभाइडर राखेपछि सडक सफा र सुन्दर देखिएको छ । नगरप्रमुख हाछेथुले नयाँ डिभाइर राखेपछि सडक दुर्घटनाको प्रभाव थोरै हुने बताए । उनले सिमेन्टको डिभाइडर राख्दा दुर्घटना भइहाले घाइते वा मृत्यु समेत हुने देखेर डिभाइडर फेरेको बताए । उनका अनुसार यो डिभाइडर रबरजस्तो लचकदार छ । हत्तपत्त फुट्दैन ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ११ : ११ बजे