८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सन्तानेश्वर मन्दिरमा साउनमै उठ्यो ४० लाख चन्दा र भेटी




ललितपुर खबर
३१ साउन ०७९, चापागाँउ । मध्यललितपुरको झरुवाराशीस्थित प्रसिद्ध सन्तानेश्वर मन्दिरमा साउन महिनामा करिव ४० लाख भेटी र चन्दा संकलन भएको छ । सन्तानेश्वर महादेव मन्दिर संरक्षण समितीका अध्यक्ष विनोद खड्काका अनुसार यस वर्ष दर्शनार्थीको भीड बढेको बताए ।
संकलित भेटीबाट मन्दिरमा भजनमण्डल निर्माण गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए ।
‘गएको २ वर्ष कोरोना माहामारीका कारण मन्दिर बन्द रहेको थियो । यो बर्ष धेरै दर्शनार्थी आए’ उनले भने ।


उनका अनुसार साउनको ५ वटा सोमबार र शनिबारसमेत गरेर १ लाख पच्चिस हजार दर्शनार्थीले मन्दिरमा दर्शन गरेका छन् ।
भजन मण्डल बनाउन करिव ७० लाख लाग्ने संस्थाको अनुमान छ ।

मोनोरेलको योजना
मन्दिर पुग्न झण्डै ५ सय सिडि चढेर चुचुरोमा पुग्नु पर्छ । दर्शनार्थीको सुविधाका लागि समितीले मोनोरेल बनाउने योजना बनाएको छ । अध्यक्ष खड्काले आईईई सकेर बजेट निर्माणमा आफूहरु लागेको बताउछन् । पछिल्लो कोरोना माहामारी र आर्थिक मन्दी सुरु हुने संकेत देखा परेपछि ऋणलगायतका प्रकृयामा अल्झन आएको उनको भनाई छ ।


वातावरणमैत्री मन्दिर
झरुवाराशीस्थित सन्तानेश्वर मन्दिर रहेको डाँडालाई वातावरणमैत्री बनाउन संस्थाले ३५ जातका हजारौ विरुपा रोपेको छ । बहुगुणकारी फल एबोकार्डौ, चेरी र अमलाजस्ता रुख प्रसस्त रोपिएको छ ।
यहाँ चेरीको छुट्टै व्लक बनाउने योजना छ । जहाँ चेरी बगैचामा टकटक बनाउन समेत अर्कषण बढ्ने संस्थाको अनुमान छ ।
चुचुरोमा जान तीन प्रवेशद्वार
सन्तानेश्वर डाँडासम्म जानका लागि मन्दिरको दक्षिण, पुर्व र पश्चिम दिशाबाट तीन वटा प्रवेशद्वार निर्माण गरिएको छ । प्रवेशद्वार परम्परागत दाची इटा प्रयोग गरेर सझाइएको छ । मन्दिर जानका लागि सिडी राखिएको छ । ठाँउ ठाँउमा शिव लिंग र बस्नका लागि विश्राम स्थल निर्माण गरिएको छ ।
मन्दिर परिसरमा एक सय आठ शिवलिंग बस्नका लागि कुर्सी, फोटो खिचाउन र टिकटक बनाउनका लागि विभिन्न संरचना बनाइएका छन् ।
यहाँबाट मौसम खुलेको बेला मनास्लु,गणेश, दोर्जे लाक्पा, चोयु,लाङलाङलगायतका हिमश्रृखला देख्न सकिन्छ । सन्तानेश्वरबाट राजधानीका तीनै वटा शहर सुन्दर देखिन्छ । जंगलको छेउमा रहेको सन्तानेश्व्र मन्दिर सुन्दर र शान्त छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ३८ बजे