६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नागरिकता विधेयक बिहीबार नै संसदबाट पास गरिने



१ भदौ ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता विधेयकमाथि छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले बिहीबारका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
मंगलबारको संसद बैठकमा पेश गरिएको नागरिकता विधेयकमाथि छलफल अघि बढाउने गरी सापकोटाले बिहीबार साढे १० बजे सबै दल सम्मिलित परामर्श समिति बैठक बोलाएका हुन्।

उक्त बैठकपछि बिहीबारै ११ बजे बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि पुनर्विचार गरियो भन्ने प्रस्ताव राख्ने भएका छन्। त्यसैगरी उक्त बैठकबाटै नागरिकता विधेयकलाई पारित गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार साँझ सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।