१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका स्वतन्त्र मेयर बालेनले व्यावसायीको सहयोग लिएर फोहोर उठाए



फाइल तस्विर

३ भदौ ०७९, काठमाडौं । स्वतन्त्रबाट काठमाडौंको मयर जितेका गायक बालेन शाह व्यावसायीको सहयोग दिएर काठमाडौंको फोहोर उठाएका छन् । लामो समयदेखि आन्दोलनरत बञ्चरेडाँडाबासीको असायोगका बीच फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको हो ।
महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निःशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उनले धन्यवाद दिएका छन् । महानगरलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न शाहले आह्वान गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् ।
सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिए । शाहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् ।
’यहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ ’ शाहले भनेका छन् ।

 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ८ : २६ बजे