१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा रेडक्रसका स्वयंसेवक फोहर व्यवस्थापनमा हातेमालो गर्दै




४ भदौं ०७९, काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।
यसक्रममा उनीहरुले शुक्रबार बिहानदेखि महानगरका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र महानगरकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् ।
सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ
शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिएका छन् । डोटेलले भने, “ सफाइ कार्यक्रमको पहिलो दिन आज विहान बागवजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो । यस अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । ”

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ०३ बजे