६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देव गुरुङ माओवादी केन्द्रको महासचिव



४ भदौं ०७९,काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले महासचिवमा देव गुरूङलाई चयन गरेको छ । यस्तै बैठकले २० जना पदाधिकारी चयन गरेको छ। काठमाडौंको पेरिसडाँडाँमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारी प्रस्‍ताव गरेका थिए। सो प्रस्ताव पारित भएको हो ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत चयन भएका छन् ।

सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की चयन भएका छन्। कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ।

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।