२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सुनाकोठीमा भिमसेन मन्दिरको पाँचौ स्थापना दिवस भव्य (तस्विरहरु)




ललितपुर खबर
५ भदौं ०७९, ललितपुर । ललितपुरको सुनाकोठीमा भीमसेन (भिं द्यो)को पाँचौ स्थापना दिवस भव्यताका साथ मनाइएको छ । ५ बर्षअघि आजकै दिन स्थापना भएको भिमसेन मन्दिरमा यसपल्ट थुप्रै स्थानीय भक्तजन आएको पुजारीले सिताराम महर्जनले बताए । भिमसेन जात्रा सुनाकोठी समाजको आयोजनामा विषेश पूजा सम्पन्न भएको हो ।


उनका अनुसार साँझपख भिमसेनको मूर्ति खटमा राखेरसँगै सुनाकोठी बजारमा झाँकी परिक्रममा गरेको थियो । कोरोना माहामारीका कारण २ वर्षदेखि स्थगीत पूजा कार्यक्रम यस बर्ष सुचारु भएको हो । सुनाकोठी समाजका सदस्य कृष्णभक्त महर्जनलेले सुनाकोठीको उत्सवको रुपमा भिमसेन पूजा कार्यक्रम आयोजना हुँदै आएको छ ।
सुनाकोठीको बालकुमारीस्थित भिमसेनको मूर्ति अगाडि पुजा पाठ, होम गरेर दिउँसो बाजा बजाएर भिमसेनको प्रतिकलाई खटमा राखि नगरपरिक्रमा गरेको हो ।

एउटै शिलामा कुँदिएको १२ फिट अग्लो शक्ति र निष्ठाका प्रतिक एवम् व्यापारिक शुभ–लाभका आराध्यदेव मानिन्छ ।
खटमा भिमसेनको मूर्ति शहर डुलाएलगत्तै पुजामा सहभागीता सबैलाई प्रसादको रूपमा समेबजी खुवाइएको थियो ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।