१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सडक मर्मत नभएपछि साँखु सडक फेरि अवरुद्ध




५ भदौ ०७९, काठमाडौं । ठेकेदारले चाबहिल–साँखु सडक खण्डको थली खण्ड मर्मतको नगरेको भन्दै स्थानीयबासी आन्दोलित भएको छन् ।
उनीहरुले आज आइतबार विहानैदेखि सडकमा ढुंगामुढा बाँस काठ राखेर अवरुद्ध गराएका छन् ।
स्थानीय रमेश केसीका अनुसार बर्षा याममा हिलाम्मे भएको सडक घाम लाग्दा धुलो उड्न थालेपछि सहन नसकेर स्थानीयबासी स्वस्फुर्त विरोधमा सडकमा उत्रेका हुन् ।
उनका अनुसार सडकमा अत्यावश्यकीय सवारीहरु एम्बुलेन्स,प्रेस, पानीका गाडी र स्कूल बस भने चलाउन दिइएको छ । अरु बन्द छन् ।
गतचैत्रमा पनि यस सडक मर्मतको माग राखेर स्थानीयहरु आन्दोलित भएका थिए । यहाँ अव ७ सय मिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : २१ बजे