५ भदौ ०७९, काठमाडौं । ललितपुर को गोदावरी नगरपालिका ५ लेलेबाट बलत्कार (जबरजस्ती करणी) को अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई शनिबार दिउँसो बलत्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
ईन्द्रले ती महिलालाई गत बुधबार साँझ बलत्कार गरेको सूचनापछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
५ भाद्र २०७९, आइतबार
0
Shares
प्रतिक्रिया