८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरका भूमिहिनका लागि फेरि फारम खुला, लालपूर्जा वितरणका लागि धेरै काम बाँकी




६ भदौं ०७९, ललितपुर । दक्षिण ललितपुरका भूमिहीनका लागि पुनः फारम खुला भएको छ ।
राष्ट्रिय भुमि आयोग ललितपुरले सूचना प्रकाशित गरेर भूमिहीन बासिन्दाहरुलाई फारम भर्न छुटेको भए फेरि फारम भर्न आह्वान गरेको हो । आयोगले गोदावरी नगरपालिका, बागमति गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाका लागि सूचना प्रकाशित गरेको हो ।
गोरखापत्र दैनिकमा ३५ दिने सुचना प्रकाशित गरे लगत्तै लगत संकलनको सुरु भएको हो ।
भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यबस्थित बसोवासीले आफ्नो वडामा गएर फर्म भर्न सक्ने भुमि आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोबिन्द महर्जनले बताए ।
भुमिहिन सुकुम्बासी र अव्यबस्थित बसोवासीहरुले आफुलाई कुनै प्रकृया थाहा नभए आफ्नो वडा कार्यालय वा राष्ट्रिय भुमि आयोग ललितपुुरको कार्यालयबाट जानकारी पाउन सकिने आयोगका अध्यक्ष महर्जनले जानकारी दिए ।
भुमि आयोग ललितपुरको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहेको छ ।
जिल्ला अध्यक्ष महर्जनले प्रकृया धेरै भए पनि काम खासै नभएको बताए ।
उनका अनुसार फारम भरेपछि उनीहरु भूमिहीन भएको नभएकोे विषयमा सत्यतथ्य जाँच गरेर वडाले नगरपालिकामा पठाउनु पर्नेछ । नगरपालिकाले पनि तथ्य जाँच गरेर जिल्लामा पठाउने र जिल्लाले सदर गरेर नापी खटाउनेछ । त्यसपछि मात्रै लालपूर्जा वितरण हुन्छ ।
दक्षिण ललितपुरका चार वटा पालिकामा सम्झौंता भए पनि खासै काम नभएको उनले बताए । उनका अनुसार महालक्ष्मी र ललितपुर महानगरसँग भूमि आयोगसँग काम सुरु गर्न सम्झौता नै भएको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : ०० बजे