१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको भैसेपाटीमा बर्षमा २६ दिन मासु बिक्रि गर्न निषेध




६ भदौं ०७९,ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ भैसेपाटीले हरेक एकादशी , बुद्धजयन्ती र महाशिवरात्रीमा मासु बेच्न निषेध गर्ने निर्णय गरेको छ । सोमबार वडामा रहेका मासु ब्यावसायी र वडा अध्यक्ष दामोदर खड्का सहित वडाको प्रतिनिधिसंग बसेको बैठकले सो निर्णय गरेको हो ।
निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्रि निषेध गरिएको हो । वर्षभरी २४ दिन एकादशी र २ दिन दुई ठुला चाड पर्छन । बैठकले गरेको निर्णयलाई मासु व्यावसायीले स्वागत गरेका थिए । मासु व्यावसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यावसायीले स्वीकार गरेको बताए । उनले १८ संगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागु गर्न आग्रह गर्नुपर्ने बताए । अर्का मासु व्यावसायी सुविन खड्गीले वडाको निर्णयलाई कार्यान्वयन गरेपछि ब्यवहारिक हुन केही दिन लाग्ने बताए ।
बैठकमा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले १८ सबै मासु व्यावसायीले गरेको निर्णयको स्वागत गरे । उनले भने,‘ललितपुर महानगरपालिकाका २९ वडा मध्य यो निर्णय गर्ने १८ नम्बर वडा पहिलो हो ।’
उनले वडावासीलाई स्वथ्य मासु खुवाउनुपर्ने, जो कोहीले देख्नेगरी काटमार गर्न नहुने, मासुको मुल्य सुचीमा एक रुपता गर्न मुल्य सूची राख्नुपर्ने लगायतको निर्णय भएको जानकारी दिए । उनले भने,‘हामीले तपाईहरुकै साथ र सहयोगमा यो निर्णय गरेका छौ, यस्लाई एक महिनाभित्र कार्यान्वयन गर्नुस ।’ उनले सबैको सहमतिमा भएको निर्णय कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने जनाएको छ ।
वडा सचिव निरन श्रेष्ठले निर्णयबारे जानकारी गराउदै एक महिनाभित्र कार्यान्वयन गर्न आग्रह गरे । वडाले सबै मासु व्यावसायीलाई निर्णयमा हस्ताक्षर गराई प्रतिबद्धता जनाउन लगाएको छ ।
वडा सदस्य निरज कुँबर र गोपाल डंगोलले निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । यसअघि वडा अध्यक्ष खड्का सहितको टोलीले वडाका सबै मासु पसलको निरीक्षण गरेको थियो ।
त्यस क्रममा देखिएका कमी कमजोरीको विषयमा छलफल गरी निर्णय भएको थियो । वडा अध्यक्ष खड्काले एक साता अघि गरेको निरीक्षणपछि बैठक बोलाएर निर्णय गर्न लगाइएको बताए । उनले निर्णय कार्यान्वयन गर्नु व्यवसायीको मुख्य दायित्व भएको बताउदै त्यसलाई कडाइका साथ लागु गराइने धारणा राखे ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : २५ बजे