१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको ‘भद्रगोल’ साइकल लेन



साइकल लेनमा थुपारिएको रुखका हाँगा र साइकल लेनमा राखिएको हराएपछि फेरि राख्दै कामदार । लेन्स : ललितपुर खबर

ललितपुर खबर
८ भदौ ०७९, ललितपुर । राजधानीलगायत देशभर कही कतै सामान्यतः साइकल लेन छैन । तर ललितपुरका सडकमा भने साइकल लेन छ ।
महानगरले आफ्नो प्रतिष्ठा र प्रचारको विषय बनाएको यो साइकल लेन भने सधै ‘भद्रगोल’ अवस्थामा रहेको छ । साइकल लेनमा खाल्टाखुल्टी हुनु त सामान्य नै भइहाल्यो । फोहोर थुपार्नु गाडी पार्किङ गर्नु अर्को नियमित कामजस्तै हो ।


यस्ता काम महानगरकै प्रत्यक्ष संलग्नतामा भइरहनु अर्को आश्चार्य रहेको छ । महानगरका कर्मचारीले फोहोर सफा गरेर साइकल लेनमै थुर्पाछन् । भने केही समयअघिसम्म महानगरले नै ठेक्कामा लगाएको पार्किङ यही गरिन्थ्यो ।
केही समयअघि ललितपुरको लगनखेल बटुकभैरव नजिकको सडकमा डेडिकेटेट साइकल लेन निर्माणमा क्रममा महानगरको हप्तौंसम्म हेलचेक्राई देखिएको छ ।


महानगरले साइकल लेनमा केही दिनअघि फिक्स सिट(पिविसी पोलहरु) राखेलगत्तै झिेकर फ्याकिए । केही हराए । महानगरले फुटपाथ विस्तारका क्रममा निर्माण सामाग्री हप्तौंसम्म राख्यो ।
यहाँ निर्माण सामाग्री, रुखका हाँगाविगा र सफा गरेर छोडेको फोहोर उस्तै अवस्थामा छ ।


महानगरले फोहोर उठाउने जागर लगाएको छैन । सडकमा ढलान किला ठोकेर राखिएको फिक्स सिट बटुवाले हल्लाएर झिकेको इक्सिट इञ्जिनियरिङकाका कर्मचारी उदयप्रसाद यादवले बताए । उनले भने हामीले सबै सिटमा बलियो किला राखेर फेरि बनाएका छौं । अव विग्रदैन । उनका अनुसार साइकल लेनमा राखिएको ती पोल मध्ये ८ वटा हराएका छन् । भने, ‘अरु महानगरले जतन गरेर राखिदिएको रहेछ ।’
उनका अनुसार साइकल लेनमा राखिएको फिक्स सिटलाई गाडीले हाले पनि विग्रिदैन । यसलाई स्प्रिड प्लस पनि भनिन्छ । यसलाई इक्सिट इञ्जिनियरिङले भारतबाट आयात गरि राखिएको हो ।
यो प्रयोग सफल भए अन्य ठाँउमा समेत विस्तार गर्ने योजना महानगरको रहेको नगर प्रहरी सिताराम हाछेथुले ललितपुर खबरलाई बताए ।


महानगरको सातदोबाटो कुपण्डोल भनिमण्डल कुपण्डोल, पुल्चोक ग्वार्को,सानेपा कुपण्डोल र धोविघाट, सुन्दरीघाट सडकमा साइकल लेन बनाएको छ । महानगरले साधुरा सडकमा रंग लगाएर साइकल लेन छुट्उएको कारण सडकमा साइकललाई खासै फरक नगरेको साइकल यात्रुको भनाई छ ।
बल्खु वालकुमारीजस्तो फराकिलो चक्रपथको सडकमा साइकल लेन निर्माण गर्ने महानगरले योजना ल्याए पनि अझैं काम भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : ३७ बजे