८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा माओवादीको चुनावी कमाण्डर दाहाल परिवारका श्रीमान श्रीमतीलाई



नेकपा माओवादीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको ललितपुरको १ र ३ क्षेत्रको चुनावी कमाण्डर एकै परिवारका श्रीमान श्रीमतीलाई बनाउने निर्णय गरेको छ । पार्टीका अनुसार ललितपु क्षेत्र नम्बर १ निर्वाचनको कमाण्ड गर्ने जिम्मा गंगा पराजुली र ३ मा हरि दाहाललाई दिने भएको छ ।
ललितपुरको क्षेत्र नं. २को कमाण्ड भने उर्मिला लामाले सम्हाल्ने छिन् । ललितपुरको क्षेत्र नम्बर ३मा हरि दाहालसँगै पद्मा राई पनि कमाण्डर बनाउने बैठकले निर्णय गरेको छ ।

माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले बाग्मती प्रदेशमा पर्ने सबै जिल्लाका चुनावी कमाण्डर पनि तोकेको हो ।
बैठकले पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चुनाव लड्ने चितवन क्षेत्र नं ३ को कमाण्डर रेणु दाहाललाई तोकेको छ। बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ। क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन्।

जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन्। यस्तै भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन्।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ०० बजे