२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


७० जिल्ला फैलियो डेंगु, ललितपुरमा भयाभह स्थिति



१३ भदौ ०७९, ललितपुर। हाल डेंगु ७० जिल्लामा फैलिएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार गत वर्षको १५ पुसदेखि १२ भदौसम्म २ हजार ५३९ जना डेंगु संक्रमित भएका छन् ।

विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढिरहेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताए ।
महाशाखाको तथ्यांक अनुसार हाल सबैभन्दा धेरै ललितपुरमा ८५८, रुपन्देहीमा ३६३, काठमाडैंमा ३३२ केस देखिएका छन् ।

त्यसैगरी, बढी केस देखिनेमा धादिङ, तेह्रथुम, सिन्धुली, भक्तपुर, संखुवासभा, अर्घाखाँची र गुल्मीमा ७० जना हाराहामारीमा संक्रमण पुष्टि भएको छ । डेंगु नियन्त्रणका लागि अति प्रभावित १४९ वटा स्थानीय तहमा बजेट छुट्याइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।