
१३ भदौ ०७९, ललितपुर। हाल डेंगु ७० जिल्लामा फैलिएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार गत वर्षको १५ पुसदेखि १२ भदौसम्म २ हजार ५३९ जना डेंगु संक्रमित भएका छन् ।
विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढिरहेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताए ।
महाशाखाको तथ्यांक अनुसार हाल सबैभन्दा धेरै ललितपुरमा ८५८, रुपन्देहीमा ३६३, काठमाडैंमा ३३२ केस देखिएका छन् ।
त्यसैगरी, बढी केस देखिनेमा धादिङ, तेह्रथुम, सिन्धुली, भक्तपुर, संखुवासभा, अर्घाखाँची र गुल्मीमा ७० जना हाराहामारीमा संक्रमण पुष्टि भएको छ । डेंगु नियन्त्रणका लागि अति प्रभावित १४९ वटा स्थानीय तहमा बजेट छुट्याइएको महाशाखाले जनाएको छ ।







प्रतिक्रिया