१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा डेंगु : बेलैमा चासो नदिँदा संक्रमण भयावह



१७ भदौं ०७९, ललितपुर ।  ललितपुरमा सबैभन्दा धेरै डेंगु फैलिएको छ । ९ असारदेखि नै ललितपुरमा डेंगु फैलन सुरु गरे पनि त्यसको रोकथामबारे भने जिल्लाका स्थानीय तहले बेलैमा चासो नदिँदा संक्रमण भयावह बनेको छ ।
बुधबार साँझसम्मको तथ्यांकअनुसार एक हजार चार सय ३४ जना संक्रमित भेटिइसकेका छन् । महानगरको वडा नम्बर ५, ११, १५ र १६ मा डेंगु फैलिएको छ । गोदावरी नगरपालिकामा १३ र महालक्ष्मी नगरपालिकामा ५७ जना डेंगु संक्रमित भेटिएका छन् ।
डेंगुको प्रकोप फैलिएपछि बिहीबार स्वास्थ्य कार्यालय ललितपुरले ६ वटै स्थानीय तहलाई बोलाएर डेंगु नियन्त्रणबारे छलफल गरेको छ । छलफलका क्रममा नगरपालिका, निजी तथा सरकारी अस्पताल र नागरिक जिम्मेवार भए मात्रै डेंगु प्रकोप रोक्न सकिने स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य अधिकृत सतिश विष्टले बताए ।

उनका अनुसार नगरपालिकाहरूले जनचेतनाका कार्यक्रमलाई नै जोड दिने, पानी जम्न नदिने, लामखुट्टेको वासस्थान पत्ता लगाएर अन्डा तथा लार्भा नष्ट गर्नेबारे छलफल भएको छ ।
ललितपुर महानगरपालिकाका स्वास्थ्य संयोजक सरिता महर्जनले डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयलाई आवश्यक बजेट उपलब्ध गराउने र २९ वटै वडाबाट जनचेतनाका कार्यक्रम सुरु गरिने बताइन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ०५ बजे