२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महाभियोग सिफारिस समितिको बैठक सकियो, अर्को बैठक २६ गते



१९ भदौं ०७९, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको आइतबारको बैठक सकिएको छ। निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानको तेस्रो दिन आइतबार एक घण्टामै पाँच प्रश्न सोधिएको छ।

समितिले तयार गरेको ४३ मध्ये ११ प्रश्नमा जबराको बयान सकिएको छ। समितिको अर्को बैठक २६ गते १२ः३० बजे बस्नेछ। पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्यपालना नगरेको भन्दै जबराविरुद्ध १ फागुनमा महाभियोग दर्ता भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।