८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


महालक्ष्मी नगरका मेयर हरिगोविन्द डोजर लिएर पसे कर्मनासा




२० भदौं ०७९, इमाडोल । महालक्ष्मी नगरका मेयर हरिगोविन्द श्रेष्ठ डोजर लिएर कर्मनासा नदिकिनारमा पसेका छन् । ललितपुरको हात्तीवनदेखि ग्वार्कोसम्म बग्ने कर्मनासा नदिकिनारमा सडक बनाउने क्रममा अतिक्रमण गरिएको घर टहरा भत्काउन उनी पछिल्लो समय तल्लिन छन् ।
पछिल्लो समय मादण्ड मिचेका आकृति मासु पसल, होण्डा तथा हिरो कम्पनीको टहरा हटाइएको छ । मेयर श्रेष्ठले किष्ट अस्पताजले मापण्ड मिचेर बनाएको जेनेरेटरको भवन भत्काउन बाँकी रहेको बताए । उनले भने, ‘हामीले अतिक्रमित संरचना भत्काउदै हातीबनबाट ग्वार्को पुग्न लागेका छौं । हामीले होण्डा कम्पनी र किष्ट अस्पतालको टहरा बत्काएका छौं । धर्म शाक्यको घर अहिले भत्काउदै छौं ।’ उनले ग्वार्कोसँगै रहेको कवाडीको घर भत्काउने तयारी भइरहेको बताए । पछिल्लो समय राज्यमन्त्री उमेश श्रेष्ठले कर्मनासा नदिको दुवै किनारामा कव्जा गरेर लिटल एञ्जल्स स्कूल सञ्चालन गरिरहेकोमा अव त्यहाँ पनि डोजर चल्ने उनको भनाई छ ।
कर्मनसा खोलाको महालक्ष्मी नगरपालिकाको किनारमा करिडोर निर्माण गरिएको हो । खोलाको अर्को किनारमा पर्ने ललितपुर महानगरको वडा नंं १७ र १५ले भने सडक निर्माण गरेको छैन । मेयर श्रेष्ठले भने हामी हाम्रो नगरपालिका क्षेत्रमा करिडोर विस्तार गर्ने हो अर्को किनारको क्षेत्र महानगरले विस्तार गर्छ गर्दैन हामीलाई थाहा भएन ।


पछिल्लो समय महालक्ष्मी नगरले वालकुमारी वालकोट सडक पाि विस्तार गरिरहेको छ । आज यही सडक मापदण्ड मिच्ने घरहरु भत्काउन महानगरले छलफल गर्दै छ । यो सडक विस्तारपछि महालक्ष्मी नगरपालिकाको २, ३ र ५ नम्बर वडाका बासिन्दाले फराकिलो सडकमा हिडडुल गर्न पाउछन् ।
नगरपालिकाले यो कोरियोर १० मिटर निर्माण गर्न लागेको हो ।
महालक्ष्मी १ का वडाध्यक्ष छिरिङ लामा नगरका भौतिक पुर्बाधार इन्जिनियर लब गुप्ता, प्रतिभा सहकारीका अध्यक्ष रेवतिप्रसाद दाहाल, नगरका कार्यपालिका सदस्य लक्ष्मी दाहाल, वडा सदस्य दाताराम कार्की,इमाडोल स्वास्थ्य चौकी इन्चार्ज हरिशरण थापा,खेलकुद महासंघ जिल्ला सदस्य गोपाल श्रेष्ठ लगायतले करिडोरको अवलोकन गरेका छन् ।

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : ३० बजे