८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ३ मा उर्जामन्त्री पम्फा भुसालको नाम भएन सर्वसम्मत सिफारिस (सूचिसहित)




२२ भदौं ०७९, ललितपुर । नेकपा माओवादी ललितपुरले ललितपुर क्षेत्र नम्बर ३ बाट उर्जामन्त्री पम्फा भुसालको नाम सर्वसम्मत गर्न सकेन ।
मंगलबार बसेको जिल्ला कमिटीको बैठकले उर्जा, जलश्रोत तथा ंिसचाईमन्त्री समेत रहेकी नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य पम्फा भुसालसँगै सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत सिफारिस गरेको छ ।
पार्टीका जिल्ला सचिव लोक बहादुर पुलामीले दिएको जानकारी अनुसार ललितपुर क्षेत्र नं. २ मा समेत बैठकले सर्वसम्मत उम्मेदवारको नाम पठाउन सकेन । यहाँबाट प्रतिनिधि सभामा रामगोपाल सिंह र श्यामकृष्ण महर्जनको नाम सिफारिस गरिएको छ ।
उनका अनुसार ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको सासंदका लागि उम्मेदवारका लागि गंगा पराजुलीको नाम भने सर्वसम्मत रुपमा पठाउने निर्णय भएको छ । समानुपातिकतर्फ लोकबहादुर पुलामी दिपकको नाम सर्वसम्मत रुपमा पठाइएको छ ।
ललितपुर क्षेत्र नम्बर १को प्रदेशतर्फ क बाट हरि दाहाल, राजु आले मगर,राम आचार्य, नवराज ढुंगाना,राजेन्द्र मोक्तान र प्रेम बहादुर मोक्तान रहेका छन् ।
ललितपुर क्षेत्र नमबर १ प्रदेशको ख क्षेत्रबाटबेल बहादुर लुम्बा, गोपाल न्यौपानेको नाम सिफारिस गरिएको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : २३ बजे