८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरबाट माओवादी केन्द्रले बुझायो उम्मेदवारको सिफारिस (विवरणसहित)




२२ भदौं ०७९, ललितपुर । नेकपा माओवादी ललितपुरले ललितपुरका प्रदेश र प्रतिनिधि सभाको सासंदहरुको आकाक्षीहरुको नाम प्रदेशसमक्ष पेश गरेको छ ।
मंगलबार बसेको जिल्ला कमिटीको बैठक ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि गंगा पराजुलीको नाम सर्वसम्मत रुपमा पठाएको छ । यहाँबाट समानुपातिकमा लोकबहादुर पुलामी(दिपक)को नाम पनि सर्वसम्मत रुपमा पठाइएको छ ।
ललितपुर क्षेत्र नम्बर १को प्रदेशतर्फ क बाट हरि दाहाल, राजु आले मगर, नवराज ढुंगाना,राम आचार्य, राजेन्द्र मोक्तान र प्रेम बहादुर मोक्तान र विपी आचार्य रहेका छन् ।
प्रदेश क समानुपातिक महिलामा लालकुमारी पुन र मिङ्मा लामाको नाम सिफारिस गरिएको छ । आदिवासी जनजातीबाट गोपिलाल सिंतान र प्रकाश बहादुर गोले दलित अम्बर परियार,खस आर्यबाट रामप्रसाद दाहाल,खोम प्रसाद दाहाल,अल्पसंख्यकबाट मुकुन्द बहादुर पहरीको नाम पठाइएको छ ।
ललितपुर क्षेत्र नम्बर १ प्रदेशको ख क्षेत्रबाट गोपाल न्यौपानेको नाम सिफारिस गरिएको छ ।
समानुपातिकमा जनजातीबाट बेल बहादुर लुम्बा,महिला कमला थापा मगर र भाग्यराम महर्जनको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभाकै लागि क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि बाबुराज बज्राचार्य र श्यामकृष्ण महर्जनको नाम सिफारिस गरिएको पार्टी सचिव लोकबहादुर पुलामी मगर(दिपक)ले ललितपुर खबरलाई बताएका छन् । समानुपातिकमा पदम कुमारी राई र अर्जुन कुमार थापाको नाम सिफारिसमा परेको छ ।
यस क्षेत्रबाट प्रदेश क सासंदमा रामगोपाल सिंह, उमंग केसी,सुमनकुमार केसी,राजेन्द्र अमात्य र धनकुमार मैनालीको नाम छ ।
प्रदेश क समानुपातिकमा कृष्णकुमार महर्जन,रामहरि बजगाई,नेत्रकुमार पुलामी,काजीरत्न महर्जन,बविता रनपौली,लक्ष्मी बहादुर महर्जन र रोशनी थापा सिलवालको नाम सिफारिस भएको छ ।
प्रदेश खबाट प्रत्यक्षमा सरोजसिंह डंगोलको नाम छ ।
क्षेत्र नम्बर ३ बाट क्षेत्र नम्बर ३ बाट उर्जा, जलश्रोत तथा ंिसचाईमन्त्री समेत रहेकी नेकपा माओवादी केन्द्रकी स्थायी समिती सदस्य पम्फा भुसालसँगै सूर्यमान महर्जनको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत सिफारिस गरेको छ ।
क्षेत्र नं. ३ बाट प्रत्यक्षमा राजकाजी महर्जन, दिनेश महर्जन,न्हुच्छेबहादुर महर्जन,अर्जन बहादुर कार्कीको नाम रहेको छ । समानुपातिकमा उर्मिलाकुमारी लामा,दिपेन्द्र श्रेष्ठ,किरणकुमार थापामगर र हिराबहादुर महर्जन रहेका छन् ।
प्रदेश खबाट अनुमान श्रेष्ठको नाम सिफारिसमा परेको छ भने समानुपातिकमा अमर शाक्य र कुलाल डंगोलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्र ललितपुरले पठाएको सिफारिस पार्टीको प्रदेश समितीले छलफल गरेर केन्द्रमा पठाउनेछ । केन्द्रले गठबन्धनबाट भागमा आएको उम्मेदवारीको ठाँउमा उनीहरुलाई उठाउनेछ । गठबन्धनको भागमा नेकपा माओवादीलाई थोरै भाग पर्ने हुँदा धेरै सिफारिसमा परेका प्रत्यासी निराश हुनु पर्ने अवस्था छ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ८ : ४४ बजे