५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म हल बन्द गर्ने निर्णय फिर्ता, वार्ता समिति गठन



२४ भदौं ०७९, काठमाडौं । काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलमा यस्तो सहमति भएको हो ।
चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५र५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ ।
आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।