२६ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा नियमविपरीत बनाइएका संरचना हटाएको छ । भाटभटेनीले पार्किङका लागि बनाइएको बेसमेन्टमा पसल सञ्चालन भएपछि महानगरको टोलीले हटाएको हो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भाटभटेनीले पार्किङ गर्ने बेसमेन्टमा पसल सञ्चालन गरेपछि २४ घन्टाभित्र हटाउन अल्टिमेटम दिइएको बताए ।
२६ भाद्र २०७९, आइतबार
0
Shares
प्रतिक्रिया