२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निलम्बित प्रधानन्यायाधीश जबराको आज अन्तिम बयान, ४३ मध्ये ३५ प्रश्नको जवाफ दिए



काठमाडौं, भदौ २८ गते । आज पनि महाभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी राखिएको छ । संसदको महाभियोग सिफारिस समितिले उनीसँग निरन्तर बयान लिइरहेको छ ।

आज पनि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने र बाँकी रहेका ८ प्रश्नमा जबराको बयान लिने बताइएको छ । सम्भवतः आजै उनको अन्तिम बयान हुने छ । बयान लम्बिएन भने समितिले आजै बयान सकेर बाँकी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ ।उनले चौथो दिनको बयान सकिँदासम्म जबराले ३५ प्रश्नको जवाफ दिएका छन् ।  गत फागुनमा जबराविरुद्ध महाभियोग दर्ता गरिएको थियो ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।