
२८ भदौ ०७९, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।
नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले उनीहरुसँग भेटवार्ता गरेका हुन् । प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि मंगलबार बिहान चान्सुले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । नेपाल आएलगत्तै सोमबार साँझ चान्सुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । सभामुख सापकोटाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।







प्रतिक्रिया