१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर र काभ्रेका विभिन्न एकान्त ठाँउमा सुन लुटपाटको आरोपमा चार जना पक्राउ




२८ भदौ ०७९, भक्तपुर । भक्तपुर र काभ्रेका विभिन्न एकान्त ठाँउमा पिछा गर्दै एकान्तमा पारी सुनका गरगहना लगाएका व्यक्तिलाई लुटपाट गर्दै आइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ भएकाहरूमाथि थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । साथै लुटिएको सुनको स्वरूप परिवर्तन गर्ने थप दुई जनालाई लुटिएको करिब दुई तोला सुनसहित चाबहिल काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिको खोजतलास जारी रहेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ का बुद्ध तामाङ रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय विशालका राई, सिन्धुली मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका २१ वर्षीय ३ का सुदिप भण्डारी रहेका छन् ।
सुन गाल्ने मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर विक र सुन किन्ने भारत महाराष्ट्र सिङ्ली घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ११ बजे