२८ भदौ ०७९, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा चोरी भएको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ घर भएका २८ वर्षीय बिकास केसीको कोठाबाट सोमबार दिउँसो चोरी भएको हो ।
एनको कोठाबाट नगद, सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब ८ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
२९ भाद्र २०७९, बुधबार
0
Shares
प्रतिक्रिया