२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित, ट्राफिक व्यवस्थापन अस्तव्यस्त



२९ साउन ०७९, काठमाडौं । आज बिहान नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना नै निकालेर बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ । यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोधसमेत गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।