३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा २५ सय ४९ जना सवारी चालकमाथि कारवाही



काठमाडौं, भदौ २९ गते । गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५४९ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २१४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६९ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३६ जना र तीव्र गतिमा सवारी साधन चलाउने २७ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ७८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६४ जना, सडक लेन उल्लङ्घन गर्ने ४७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३६ जना चालकहरू पनि कारवाहीमा परेका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ११ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।