१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सोह्रखुट्टेका अनधिकृत संरचनामा महानगरको डोजर



२९ भदौ ०७९, काठमाडौं । काठमाडौं महानगरले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना भत्काउन थालेको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर सहायताले हटाउन थालिएको हो ।

सोह्रखुट्टे चोकमा डोजर चल्न थालेपछि केही घरधनी र महानगर प्रहरीबीच विवाद भएको छ । विवाद पछि महानगर प्रहरी प्रमुख पाण्डले जनप्रतिनिधिको आदेश अनुसार अतिक्रमण हटाउन आएको भन्दै महानगरको काममा अवरोध नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ४ : ०१ बजे