१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरी भन्दै काठमाडौंमा लुटपाट, तीन जना पक्राउ



३० भदौं ०७९,काठमाडौं । प्रहरी भन्दै काठमाडौंमा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका घर भइ हाल भक्तपुर बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका घर भइ हाल पकन बस्ने ३० वर्षीय देव लामा र रामेछापको सुनापाती–१ घर भइ हाल सोही स्थान बस्ने २० वर्षीय मिन बहादुर तितुङ रोहित रहेका छन्।

प्रहरीका अनुसार काठमाडौंको ठमेलमा सञ्चालित ओरियण्टल मनी एक्सचेन्जबाट यही भदौ ५ गते ९ः१० बजेको समयमा मनी एक्सचेन्जका कर्मचारी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिकै पुग्दा ३ वटा मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले मोटरसाइकल रोकेका थिए।

आफू प्रहरी बताउने उनीहरुले ती कर्मचारीलाई जबर्जस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याई हातपात गर्नुका साथै साथमा रहेको नगद ३० लाख २३ हजार २०८ रूपैयाँ मोबाइल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटी फरार भएका थिए।

घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने क्रममा योगेन्द्र तामाङ समेत ३ जनालाई कपनबाट पक्राउ गरेको हो।

उनीहरुलाई घटनामा प्रयोग गरेका मोटरसाइकलसहित प्रारम्भिक अनुसन्धान पश्चातः अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ६ : ४५ बजे