१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबासीले आफै हटाउन थाले अवैध संरचना



असन बजार । फाइल तस्विर

३१ भदौं ०७९, काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन् ।
महानगरको भित्री वडाका नागरिकले यसअघि आफूले भोग चलन गर्दै आएका तर कानूनी आधार नभएका संरचना हटाउन थालेका हुन् । विशेषगरी असन, इन्द्रचोक, बाङ्गेमुढा, भेडासिंहलगायत स्थानका नागरिकले कानूनी आधार नभएका संरचना हटाएर महानगरलाई सहयोग गर्न थालेका हुन् ।
“पहिले जस्तो अटेर गर्ने बानीमा केही परिवर्तन आएको छ, अहिले केही स्थानमा नागरिकले नै कानूनविपरीतका संरचना हटाउन थालेका छन्, हाम्रो चाहना पनि त्यही नै हो”, महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने । करिब एक महिनादेखि महानगरले अवैधरूपमा निर्माण गरिएका सबै संरचना हटाउने काम गरिरहेको छ । सो संरचना हटाउनुपूर्व महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
उक्त सूचनाको बेवास्ता गरेपछि कामपाले नक्साअनुसार निर्माण नभएका, नक्साअनुसार निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचनामाथि डोजर चलाउने काम गरिरहेको छ । महानगरले यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो । यस अवधिमा काठमाडौँ महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ ।
यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ०० बजे