१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको इमाडोलमा मनाइयो जितिया पर्व



जितिया पर्व सुरु गर्दै महिला
नेपाल महिला समाज समूहले ललितपुर ईमाडोलमा महिलाहरु मिथिला संस्कृति अनुसार जितिया पर्व मनाउँदै । लेन्स : अर्चनाकुमारी झा/रासस

३१ भदौं ०७९, ललितपुर । मिथिला संस्कृतिअनुसार यहाँस्थित ललितपुरको इमाडोलमा जितिया पर्व मनाइएको छ । नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गरिन् । उनका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ । विशेष गरी महिलाले सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्घिका लागि व्रत बस्ने गर्छन् । व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन् ।
उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन् । खोला नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : १२ बजे