२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा पनि भेटिए मिटरब्याजी, ६ वटा उजुरी



३१ भदौं ०७९, ललितपुर ।  ललितपुरमा मिटरब्याजीविरुद्ध ६ वटा उजुरी परेको छ । मिटरब्याजीविरुद्ध उजुरी आह्वान गर्दा ६ वटा उजुरी परेको हो । यस्तै देशभर दुई हजार दुई सय ८९ उजुरी परेको छ ।
दर्ता भएकामध्ये सबैभन्दा बढी मधेस प्रदेशमा एक हजार तीन सय ३० (६९ प्रतिशत), त्यसपछि लुम्बिनी प्रदेशमा दुई सय ११९१, बागमती प्रदेशमा दुई सय दुई ९१ प्रतिशत, प्रदेश १ मा ९२ (५प्रतिशत), गण्डकी प्रदेशमा ३५ (२ प्रतिशत), कर्णाली प्रदेशमा २२ (१ प्रतिशत), र सुदूरपश्चिम प्रदेशमा ४५ (२ प्रतिशत) उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेश १ बाट उदयपुरमा १, झापामा २१, मोरङमा ३७ र सुनसरीमा २१ उजुरी परेको उल्लेख छ। यस्तै मधेस प्रदेशका सबै जिल्लामा उजुरी परेका छन्। सर्लाहीमा चार सय २७ सिरहामा दुई सय ८९, महोत्तरीमा एक सय ९१, धनुषामा एक सय ४०, सप्तरीमा एक सय १४, पर्सा ८३, बारामा ४५ र रौतहटमा ४१ वटा उजुरी परेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै बागमतीका काठमाडौंमा एक सय ४१, काभ्रेपलाञ्चोकमा १८, चितवनमा १६, मकवानपुरमा ९, ललितपुर र भक्तपुरमा ६(६ तथा दोलखा सिन्धुली र धादिङमा २÷२ वटा उजुरी दर्ता हुँदा गण्डकीका कास्कीमा २४, तनहुँमा ५, पर्वतमा ३, म्याग्दीमा २ र स्याङ्जामा एउटा उजुरी परेका छन्।

यस्तै लुम्बिनीका नवलपरासी ९सुस्तापश्चिम० एक सय दुई, दाङमा ४८, रूपन्देहीमा २९, बाँकेमा १५, कपिलबस्तु र बर्दियामा ८(८ तथा अर्घाखाँचीमा एउटा उजुरी दर्ता भएको प्रतिवेदनले जनाएको छ।

यस्तै कर्णाली प्रदेशका सल्यान र सुर्खेत जिल्लामा ११/११ र सुदूरपश्चिम प्रदेशका कैलाली ४३ र कञ्चनपुरमा २ उजुरी परेको प्रतिवेदनमा उल्लेख छ। यस्तै परेका उजुरीमध्ये भदौ २१ सम्म ५६ वटा उजुरीमा छानबिन गरी फरफारक गरिसकेको जानकारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ।

प्राप्त उजुरीको विश्लेषण गर्दा एउटै व्यक्तिविरुद्ध ४ वा सोभन्दा बढी उजुरी परेका आरोपितको संख्या ३३ रहेको र उजुरी गर्ने एउटै व्यक्तिले २३ जनाविरुद्ध उजुरी दर्ता गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।