३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थापागाउँ क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर 



३१ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाउन शुरु गरेको छ । ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।
आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।