३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको ठैवमा पाहुना नै मृत फेला




१ असोज ०७९, ठैव । ललितपुरको ठैव बाँडेगाँउमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावारी नगरपालिका १४ ठैव बाँडेगाँउस्थित हाडेगाउँ डेरा गरी बस्ने बागलुङ घर भएकी अम्बिका बुढाथोकीको कोठामा पाहुना आएका बागलुङ बुर्तीबाङ घर भएका २० वर्षीय जनक खत्री सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काठमाडौंको धुमबराहीमा समेत अर्का पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ४ धुम्बाराहीस्थित यात्रु प्रतिक्षालयभित्र हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।