१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाउँमा निःशुल्क स्वास्थ्य शिविर




१ असोज ०७९,ललितपुर । नवीनतम प्रयास सामाजिक संस्था चापागाउँद्धारा आयोजित स्वास्थ्य शिविरमा २ सय ७६ जनाले निःशुल्क औषधी उपचार गराएका छन् ।
गोदावरी नगरपालिका र चापागाउँ मेडिकल हलसँगको समन्वयमा सम्पन्न शिविरमा ल्याब परीक्षणलगायत थप उपचार गर्नुपर्ने देखिएकाहरुलाई पाटन र वीर अस्पतालमा गराउन समन्वय गर्ने आयोजकले जनाएको छ ।
शिविरमा नाक, कान, घाटी, अर्थोपेडिक, मनोचिकित्सक, छाला रोग र जनरल फिजिसियन सम्बन्धि जाँच गरिएको थियो । नवीनतम प्रयास संस्थाका उपाध्यक्ष सन्दिप श्रेष्ठले शिविरले स्वास्थ्यप्रति संवेदनशीलता एंव नियमित स्वास्थ्य परीक्षणको आवश्यकता बारे बोध भएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ५४ बजे