१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका २९ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट




२ असोज ०७९, ललितपुर । ललितपुरका २९ विद्यालय चालु आर्थिक वर्ष २०७९÷८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका ४९ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन् ।
छनौट भएका विल्द्यालयमध्ये महालक्ष्मी नगरपालिकाका ११ विद्यालय,वागमतीमा ४,महाकालमा ३,गोदावरीमा २,ललितपुर महानगरमा ९ वटा विद्यालय परेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वित्तीय हस्तान्तरण गरेपछि स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुने कार्यविधि छ । सामुदायिक विद्यालयको पूर्वाधार र सूचना प्रविधिको पहुँच विस्तारमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । मन्त्रालयले गत साउन महिनामा कार्यक्रममा समावेश हुन चाहने विद्यालयबाट प्रस्ताव सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ५५ बजे