२ असोज ०७९, काठमाडौं । १५ वर्षीया बालिकालाई बलतकार(जबरजस्ती करणी) गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका १ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले ती बालिकालाई भक्तपुर नगरपालिका १ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरेर भागेको सूचनापछि प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया