१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश [पूर्णपाठ]



२ असोज ०७९, काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

काठमाडौं महानगरले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : ०९ बजे