१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको आनन्दवन अस्पतालमा ट्रमा र इमरजेन्सी सेवा




२ भदौं ०७९, ललितपुर । दक्षिण ललितपुरको गोदावरी नगरपालिका ५ मा अवस्थित आनन्दवन अस्पताल परिसरमा निर्मित अनन्दवन ट्रमा तथा इमरजेन्सी विङ सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरेका छन् ।
बाल चिकित्सा र सुविधायुक्त एनआईसीयू, प्रसूति गृह, सर्जिकल वार्ड, दुर्घटनापछिको सूक्ष्म उपचार, क्रिटिकल केयर युनिट र इन्सेटिभ केयर युनिटसहितको सेवा तथा सुविधा दिने अभिप्रायका साथ अस्पताल परिसरमा उक्त विङ सञ्चालनमा आएको हो ।
नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आनन्दवन अस्पतालले पु¥याएको सेवा र सुविधा धेरै महत्वपूर्ण भएको बताए । “हरेक वर्ष स्वास्थ्य उपचारका कारण चार लाख नेपाली गरिबीको रेखामुनि पुग्छन् । उपचार पनि अत्यन्त महँगो हुँदैगएको अवस्थामा यो अस्पतालले पु¥याएको सेवा र सुविधा अत्यन्तै महत्वपूर्ण छ”, उनले भने ।

ज्ञान र चेतनाको अभावले कुष्ठरोगका बिरामीलाई विभेद गर्ने चलन रहेको स्मरण गर्दै मन्त्री खापुङले भने, “कुष्ठरोगका बिरामीलाई विभेद गर्ने कानून छ भन्ने पनि कुरा उठ्यो, अहिले त्यस्तो विभेदकारी कुनै कानून छैन, भएका कानून सबै हटाइ सकिएको छ ।”
निवर्तमान सांसद नवराज सिल्वालले आनन्दवन अस्पतालमा स्नायु शल्यक्रियासम्बन्धी व्यवस्था नभएकाले त्यसको व्यवस्थापन गरिदिनका लागि स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरिन् ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले ६० वर्षदेखि यस क्षेत्रका नागरिकलाई सेवा पु¥याएको आनन्दवन अस्पतालले ट्रमा सेन्टर र इमरजेन्सी सेवा स्थापना गरेकामा द लेप्रोसी मिसन र ‘इटायर्ड टिम’लाई हार्दिक आभार व्यक्त गरे ।
देशैभरका कुष्ठरोगका बिरामीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको आनन्दवन अस्पतालले ललितपुरको दक्षिणी भेगका नागरिकको स्वास्थ्य उपचारमा महत्वपूर्ण सेवा पु¥याउँदै आइरहेको छ ।
महाङ्काल गाउँपालिकाका प्रमुख गणेशबहादुर केसीले दक्षिण ललितपुरका नागरिकलाई सेवा दिने सुविधासम्पन्न अस्पताल सरकारी तवरबाट स्थापना हुन नसकेको अवस्थामा आनन्दवन अस्पतालले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १२ : ०१ बजे