२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीमा पनि चल्यो डोजर



३ भदौं ०७९, काभ्रेपलाञ्चोक  । काठमाडौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ६ को तरकारी बजारमा अनधिकृत रूपमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाएको छ।
१० दिनअघि पनौती नगरपालिकाले सूचना जारी गर्दै मापदण्ड विपरित बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो। तर, घर–टहरा बनाएर बसेकाहरूले अटेर गरेपछि नगरपालिकाले आइतबार डोजर चलाएको हो।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले तरकारी बजारमा दशवटा घर–टहराले अनधिकृत रूपमा बसेकाले डोजर लगाएको बताए। नगरप्रमुख भण्डारीले सार्वजनिक सम्पत्तिमा घर-टहरा बनाएको छ भने अरू ठाउँ पनि हटाउने बताएका छन्। उनले नगरपालिका क्षेत्रभित्र रहेका अनधिकृत घर-टहरा सार्वजनिक जग्गा खोजी भइरहेको र त्यसको संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताए।

‘काभ्रेमा यसअघि बनेपा नगरपालिकाले वडा नं.१४ साँगामा बनाइएका अवैधानिक घर-टहरा भत्काएको थियो। त्यस्तै, सोही नगरपालिकाले बनेपा वडा नं. ७ चारदोबाटोमा रहेको घरसमेत हटाएको थियो।

जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगरकोट क्षेत्र पाँचखाल नगरपालिकाको जिरोकिलो तथा तीनपिप्ले क्षेत्रमा अनधिकृत रूपमा घर(टहरा बनेका छन्। तर, त्यसलाई हटाउने कुनै प्रक्रिया सुरु गरिएको छैन। भुम्लु गाउँपालिकाले भने दोलालघाट क्षेत्रमा बनेका अवैद्य घर-टहरा हटाउन केही दिनअघि मात्र सूचना जारी गरेको छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।