१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बल्खु र सिनामंगलमा एक एक जना मृत फेला




३ असोज ०७९, काठमाडौं । काठमाडौंको बल्खु र सिनामंगलमा एक एक जना युवा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ बल्खु कुमारी क्लव नजिक बैधानी पाटीमा सोही महानगरपालिको ३१ बानेश्वर बस्ने ४७ वर्षीय बिकाश दाहाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका ९ सिनामंगल कार्गो गेट अगाडि सडकको पेटी नजिक दोलखा तामाकोशी गाउँपालिका–३ चाबोटे घर भई काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने ३१ वर्षीय सुरज खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसनधान सुरु गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५७ बजे