१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा ग्याँस लिक भएपछि आगलागी,एक पुरुषको मृत्यु




४ असोज ०७९, काभ्रे । काभ्रेको पाँचखालमा खान बनाउने क्रममा ग्याँस लिक हुँदा एक पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाँचखाल नगरपालिका ४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको आगलागीमा जलेर सोमबार बिहान मृत्यु भएको हो ।
आफ्नै डेरा कोठामा ग्याँस बालेर खाना बनाउने क्रममा अचानक ग्याँस लिक भई आगलागी हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीपछि स्थानीय र प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले अनुसनधान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : १९ बजे