२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेंगीबाट २१ जनाको मृत्यु, ललितपुरमा संक्रमितको संख्या चार हजार ८७८ पुग्यो



४ असोज ०७९, ललितपुर ।  नेपालमा डेंगी संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ३ गतेसम्म संक्रमितको संख्या १७ हजार ४९४ पुगेको छ ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा चार हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ । यस्तै, दाङमा एक हजार १४९, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२ तथा काभ्रेमा १५६ जनामा संक्रमण पुष्टि भएकोे छ । अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।