१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर धोबीघाटको कबाडी कारखानामा आगलागी, ३ जना घाइते



५ असोज ०७९, ललितपुर।  ललितपुर धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीबाट दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक घाइते भएका प्रहरीले जनाएको छ ।

चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेश गुरुङ, भारत घर भई धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण केदा र राम आशिस शाह जलेर घाइते भएका हुन् । तीनै जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ । विद्युत् शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ४२ बजे